नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनु आवश्यक छ ः विष्णु अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो । उहाँले पूर्वाधार विकासमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने भएपनि अहिले ३ प्रतिशत मात्रै भएको बताउनु भयो । अध्यक्ष अग्रवालले मुलुकमा तीब्र आर्थिक विकासको लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताउनु भयो । उहाँले आर्थिक विकासको लागि भौतिक पूर्वाधार मात्रै नभई प्रविधिको विकास पनि आवश्यक रहेको बताउनु भयो । अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि पूर्वाधार क्षेत्रबाट लाभ उठाउन सक्ने अथाह सम्भवना रहेको बताउनु भयो ।
अध्यक्ष अग्रवालले पूर्वाधार विकासको विकास गर्न पुँजीगत खर्च बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा ४.५ प्रतिशत भन्दा कम पुँजीगत खर्च हुने अनुमान गरिएको बताउनु भयो । उहाँले अहिले विश्वका कुनैपनि देशमा पँुजी लगानी गर्न समस्या नभएको बताउनु भयो । अध्यक्ष अग्रवालले वैदेशिक लगानी बढाउनको लागि केही नीतिगत सुधार र विश्व बजारसँग जोडिने वित्तीय उपकरणहरु व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

Spread the love