नेपाली बजारमा नया इलेक्ट्रिक अटोको विक्री शुरु

नेपाली बजारमा नया इलेक्ट्रिक अटोको विक्री शुरु प्रतिष्ठित व्यवसायीक संस्था हिमालयन अर्गनाइजेशन अन्तर्गतको हिमालयन मोटोराड कम्पनीले नेपाली बजारमा नया इलेक्ट्रिक अटोको विक्री शुरु गरेको छ । कम्पनीले केरेला अटोमोबाइल्सले भारतमा निर्माण गरेको निम-जि इलेक्ट्रिक अटो नेपाली बजारमा ल्याई विक्री वितरण शुरु गरेको हो । कम्पनीले देशभर आज (आइतबार) देखि विक्री वितरण शुभारम्भ गरेको छ । कम्पनीका अनुसार इलेक्ट्रिक अटोको सञ्चालन खर्च प्रति किलोमिटर ७५ पैसा रहेको छ । अटोमा जडान गरिएको ब्याट्रीमा तीन वर्ष वा १५ सय लाइफ सर्कलको वारेन्टी रहेको छ भने ३ घण्टा ५५ मिनेटमै फूलचार्ज गर्न सकिने छ । उक्त अटोले ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने र नेपालको बाटो सहाउँदो भएको बताइएको छ । टेम्पोले प्रति घण्टा ५० किलोमिटर यात्रा गर्न सक्ने छ ।

Spread the love