नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने कार्यविधि कुनै व्यक्ति विशेषको लागि होइन : डा. वैकुण्ठ अर्याल

पुष १९,काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल टेलिकम प्रबन्ध निर्देशक नियुक्तीको कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको प्रष्टयाउनु भएको हो । सचिव अर्यालले कार्यविधि समितिको निर्देशनको आधारमा नै बनेको बताउनु भयो । उहाँले पछिल्लो समय नेपाल टेलिकमको ग्राहक बढ्दै गएको जानकारी पनि समितिलाई गराउनु भयो ।

सचिव अर्यालले खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्ति हुने भएकाले सक्षम व्यक्ति आउने विश्वास समेत व्यक्त गर्नु भयो ।

Spread the love