नेपाल निर्माण व्यवसायी महासंघद्धारा ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मुल्यवृद्धि भएको भन्दै मुल्यवृद्धि निर्देशिका भाग – २ ल्याउन माग गरेको छ । बिहीवार महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मुल्यवृद्धि निर्देशिका भाग -२ ल्याउन माग गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रुपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडी बढाउन नसकिएको बताउनुभयो । उहाँले निर्माणको काम अगाडी बढाउनका लागि सरकारले अविलम्ब मुल्यवृद्धि निर्देशिका भाग-२ ल्याउनुपर्ने बताउनुभयो । सरकारले निर्देशिका नल्याएमा कन्ट्रक्शन होलिडेमा जानुपर्ने अवस्था आउने उहाँले बताउनुभयो
महासंघले बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयमा शान्तिपूणर् धर्ना कार्यक्रम गरेको हो । बिगतमा सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले बिरोधको कार्यक्रमलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।

Spread the love