नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा आज हुने

कार्तिक २३ ,काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुने भएको छ ।

मंगलबार दिउँसो ४ बजे होटल र्‍याडिसनमा संघको  साधारणसभामा अध्यक्ष सहितको कार्यसमिति घोषणा गरिने नेपाल बैंकर्स संघले जनाएको छ ।संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन  भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको कारण उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि घोषणा भएको छैन ।

संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् । यी पदमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले दुवै जना सर्वसम्मत चयन भएको हो । सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएको संघले जनाएको छ । यस अघी  नेपाल  क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल  संघमा सदस्य थिय । अर्यालको कार्यकाल पूरा भएको र पौड्याल बैंकबाट बाहिरिए पछि  दुई नयाँ सदस्यहरू समेत चयन भएका जनाइएको छ ।

Spread the love