नेपाल—भारत मिलत परिषद् केन्द्रद्वारा २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान

नेपाल—भारत मिलत परिषद् केन्द्रले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिषद्ले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको हो । आउँदो बिहीवारबाट शुरु हुने एक महिने रमजान पर्वको अवसरमा मुस्लिम समुदायहरु व्रत बस्नुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका मुस्लिम परिवारलाई व्रत सहजताका साथ सम्पन्न गर्नका लागि रमजान, इफ्तार प्याकेज वितरण गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनु भयो । उहाँले आज परिषद्को तर्फबाट काठमाडौंमा बसोवास गर्ने आर्थिक अवस्था कमजोर भएका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान गरिएको बताउनु भयो । अध्यक्ष अन्सारीले रमजान व्रतको अवसरमा मुस्लिम परिवारलाई लक्षित गरी खाद्यान्न प्रदान गरेपनि अन्य बेलामा भने परिषद्ले सबै समुदायलाई समेटेर खाद्य सामग्रीहरु वितरण गर्दै आएको बताउनु भयो । उहाँले व्रतको अवसरमा बारा, पर्सा लगायत जिल्लाका मुस्लिम परिवारलाई पनि सहयोग गर्ने बताउनु भयो ।
अध्यक्ष अन्सारीले भूकम्प, कोभिड १९ लगायतका विपद्का बेलामा पनि संस्थाले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोग गर्दै आएको बताउनु भयो ।

Spread the love