नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ । अहिले बसिरहेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्ने छ र सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिने छ ।
मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए । त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि जानकारी गराएका थिए ।

Spread the love