नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले गरे पदभार ग्रहण

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । शुक्रवार सभापति शेर्पाले नेपाल विद्यार्थी संघको सभापतिको पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले संगठनलाई ठिक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताउनु भयो । उहाँले नेविसंघ अब राजनीतिक मुद्दाहरुमा नभइ शैक्षिक मुद्दाहरुलाई अघि बढाउनतर्फ लाग्ने प्रतिवद्धता जनाउनु भयो । सभापति शेर्पाले अब नेविसंघले स्थानीय चुनावलाई लक्षित गरी सदस्यता अभियान चलाउने पनि जानकारी दिनुभयो । उहाँले स्थानीय निर्वाचन सकिएको तीन महिनाभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने भएकोले सो समयावधिमै महाधिवेशन गर्ने पनि बताउनु भयो ।
त्यस्तै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नेविसंघका निःवर्तमान सभापति राजिव ढुंगानाले स्थानीय निर्वाचनलाई लक्षित गरेर पार्टीलाई जिताउन नेविसंघले अब काम गर्ने बताउनु भयो । उहाँले राजनीतिक मुद्दाहरु भन्दा शैक्षिक मुद्दाहरु बोकेर नेविसंघ अब अगाडि बढ्ने बेला भएको बताउनु भयो । केन्द्रिय सदस्य ढुंगानाले लामो समय नेविसंघको नेतृत्वलाई लिएर उमेर हदको कुरा चलेपनि अबको नेतृत्वले युवाअवस्थामै नेतृत्व लिन सफल छौँ भन्ने सन्देश दिने गरी काम गर्नुपर्ने बताउनु भयो ।

Spread the love