नेप्से परिसुचक घट्यो, ४ अर्ब ५८ करोडको शेयर कारोवार

असार २३, काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से सूचक १६.९७ अंकले घटेर २८०१.१३ को विन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका २२२ कम्पनीका १ करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९ सय ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जस मध्ये छिमेक लघुवित्तको सबैभन्दा धेरै ४३ करोड ५४ लाख बराबरको र अपर तामाकोशीको २६ करोड १६ लाख बराबरको कारोबार भएको छ । आज अपरको शेयर मूल्य सबै भन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका लघुवित्त र विकास बैंक बाहेकका सबै समुहगत सूचक घटेका छन् । लघुवित्त समुहको सूचक ०.३८ प्रतिशत र विकास बैंक समुहको सूचक ०.२६ प्रतिशतले बढेको छ । आज हाइड्रोपावर समुहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ ।
त्यसैगरी सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ३ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ६०० रुपयाँ पुगेको हो ।

दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी यो दिन सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ४५ प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६७७ रुपयाँ कायम भएको छ ।

कम्पनीले असार २१ गतेदेखि परीक्षण विद्युत उत्पादन शुरु गरेको छ । कम्पनीको उत्पादन लागत अनुमानित लागतभन्दा दोब्बर भएकाले लगानीकर्ताले लाभांश पाउनको लागि धेरै समय कुर्नुपर्ने देखिएकाले पनि कम्पनीको शेयरमूल्य घटेको एक लगानीकर्ताले बताए । सोही कारणले गर्दा कम्पनीको शेयर मूल्यमा दिनानुदिन गिरावट आएको छ ।

त्यसैगरी दोस्रोमा युनाइटेड इदि मार्दी हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव १९ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक शून्य दशमलव २६ प्रतिशत र लघुवित्त समूहको परिसूचक शून्य दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ ।

त्यसो त यो दिन बाँकी समूहको परिसूचक घटेकाले पनि समग्र नेप्से घटेको हो । यो दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक २ दशमलव १६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव १३ प्रतिशतले घटेको छ ।

 

 

Spread the love