नेप्से परिसुचक ११.३ अंकले बढ्यो, ८ अर्ब १४ करोडको शेयर कारोवार

असार ३१, काठमाडौं । यो साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ११.३ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २८८३ अंकमा पुगेको छ ।

यस दिन कारोबार रकम भने बढेको छ । हिजो ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ८ अर्ब १४ करोडको कारोबार भयो ।

यस दिन बैंकिङ ६, ब्यापार २८, जलविद्युत ५६, फाइनान्स ४७, निर्जीवन बीमा ३६ र माइक्रोफाइनान्स समूह ४५ अंकले बढे। होटल तथा पर्यटन ५०, विकास बैंक १३, उत्पादन ५, अन्य ७ र जीवन बीमा समूह ४३ अंकले घटेका छन्।

यस दिन ङादी ग्रुपको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ । रैराङ हाइड्रोको मूल्य ८.९ प्रतिशतले बढ्यो । त्यस्तै गणपती माइक्रोफाइनान्स र मञ्जुश्री फाइनान्सको मूल्य ७.८ तथा लिवर्टी इनर्जीको मूल्य ७ प्रतिशतले बढेको छ । गोर्खा फाइनान्सको ५.९, युनाइटेड मोदीको ५.५, नेपाल हाइड्रो डेभलपर्सको ५.३ प्रतिशतले बढेको छ ।

घटेका कम्पनीको मूल्य गिरावटदर ३ प्रतिशत मुनि रह्यो। सिभिल लघुवित्त, ओरियन्टल होटल, सोल्टी होटल र युनिलिभर नेपालको मूल्य २ प्रतिशतभन्दा धेरैले घट्यो ।

कारोबारका आधारमा गोर्खा फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ३६ करोड रुपैयाँको कारोबार हुँदा दोस्रोमा रहेको एनआइसी एसिया बैंकको ३३ करोडको सेयर किनबेच भयो । यो दिन होटल्स तथा पर्यटन समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस समूहको परिसूचक सर्वाधिक १ दशमलव ४ प्रतिशतले घटेको हो । होटल्स तथा पर्यटन समूहसँगै यस दिन विकास बैंक शून्य दशमलव ३ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव १ प्रतिशत, अन्य शून्य दशमलव ३७ प्रतिशत, जीवन बीमा शून्य दशमलव २५ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ ।

बिहीवार ङादी ग्रुप पावरको शेयरमूल्य ९ दशमलव ४० प्रतिशतले र रैराङ्ग हाइड्रोपावरको ८ दशमलव ९१ प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको शेयरमूल्य प्रतिकित्ता रू. ४९ ले बढेर अन्तिम मूल्य रू. ५७० पुगेको हो भने रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ४२८ पुगेको हो ।

६ वटा उपसमूह रातो हुँदा ७ वटा उपसमूह हरियो भएका छन्। सबै उपसमूहमा अधिकतम ५० अंक सम्मको मात्रै घटबढ भएको छ ।

 

 

Spread the love