नेप्से परिसुचक ४० दशमलव २६ अंकले गिरावट ,अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री

भदौ ३०,काठमाडौ । शेयर बजार परिसुचक नेप्से ४० दशमलव २६ अंकले घटेर २ हजार ८८९ दशमलव शून्य ३ विन्दुमा झरेको हो ।

बुधवार  बैंकिङ् समूहको परिसूचक १ दशमलव शून्य ५ प्रतिशत, विकास बैंक समूहको परिसूचक२ दशमलव ११,वित्त समूहको परिसूचक २ दशमलव ९८,व्यापार समूहको परिसूचक शून्य दशमलव ८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव शून्य ८ प्रतिशत ,जीवन बीमा समूहको १ दशमलव शून्य ७ प्रतिशत, र लगानी समूहको परिसूचक १ दशमलव ८४ प्रतिशतले घटेको छ ।

बुधवार सबै भन्दा बढी  शेयर कारोवार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. २२ करोड १४ लाख ७० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६७५दशमलव ३० कायम भएको हो ।

२२२ ओटा कम्पनीको १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयरको ७५ हजार ८९५ पटकमा रू. ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५० बराबरको शेयर खरीदविक्री भएको छ ।

Spread the love