नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा

पछिल्लो दुई साता निरन्तर गिरावट आएको नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । बिहीवार नेप्से सूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको हो । यस्तै,सेन्सेटिभ इण्डेक्स २.९३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंकले बढेको छ ।
बिहीवार कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर १ अर्ब १८ करोड ७१ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने अघिल्लोे दिनको भन्दा कम छ । बुधवार करिव डेढ अर्बको शेयर कारोबार भएको थियो ।
बिहीवार नेप्सेका १३ उपसमूह मध्ये लगानी उपसमूह बाहेक १२ उपसमूहको परिसुचक हरियाली भएको छ । जसमा अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ । यता व्यापार उपसमूहको सूचक १.४८ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहको सूचक शुन्य प्रतिशत भन्दा बढीले बढका छन् ।
बिहीवारको कारोबारमा आँधिखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । त्यस्तै रिभर फल्स हाइड्रोपावरको ९.९७ प्रतिशत, सामुदायीक लघुवित्तको ९.९६ प्रतिशत र कालिका लघुवित्तको ७.६९ प्रतिशतले बढेको छ । यता लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ । राष्ट्र उत्थान लघुवित्तको ३.४१ प्रतिशत र हिमालयन पावर पार्टनरको २.०६ प्रतिशतले घटेको छ ।
कारोबार रमकको आधारमा नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसिसि बैंकको १० करोड ३५ लाख, सिभिल बैंकको ४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Spread the love