नेप्से परिसूचक १३ दशमलव ४८ अंकले गिरावट

माघ १७,काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको छ ।

आईतबार १०५ दशमलव ५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमबार भने १३ दशमलव ४८ अंक घटेर २ हजार ८७२ दशमलव ०५ विन्दुमा झरेको छ । त्यस्तै सोमबार सेन्सेटिभ इण्डेक्स ० दशमलव ०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १दशमलव २३ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आईतबार ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको परिसूचक २ दशमलव १८ प्रतिशत बढेको छ । अन्य उपसमूहको १दशमलव २८ प्रतिशत र लघुवित्तको ० दशमलव ५५ अंक बढेको छ । तर विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा धेरै २ दशमलव १३ प्रतिशत घटेको छ । बैंकिङ्ग, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचकमा ओरालो लागे पनि ३ कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन । त्यस्तै, छ्याङ्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सिभिल लघुवित्त, माउन्टेन हाइड्रो, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य घटेको छ । आज कारोबार रकमका आधारमा ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ ।

Spread the love