नेप्से परिसूचक १६ दशमलव३० अंकले गिरावट

माघ २५,काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ ।

सोमबार १५ दशमलव ६९ अंकले बढेको नेप्से परिसूचक मंगलबारको कारोबारमा १६ दशमलव ३० अंकले घटेर २ हजार ८३५ दशमलव ५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ दशमलव ८२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १दशमलव २९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ०७ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २३० कम्पनीको १ करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनाका नेप्से परिसूचक गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । सोमबार ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

मंगलबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०दशमलव ४७ प्रतिशत, निर्जीवन बीमाको ०दशमलव ४३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०दशमलव ३८ प्रतिशत, होटल तथा पर्यटनको ० दशमलव १२ प्रतिशत र व्यापार उपसमूहको ० दशमलव ०९ प्रतिशत बढेको छ । यता जलविद्युत तथा लगानी उपसमूहको परिसूचक सबैभन्दा धेरै १ दशमलव ५४ प्रतिशत घटेको छ । आज जीवन बीमा १दशमलव ०७ प्रतिशत, विकास बैंकको १दशमलव ०२ प्रतिशत, लघुवित्तको ० दशमलव ६५ प्रतिशतले घटेको छ ।

आजको नेप्सेमा गिरावट आए पनि नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेको छ । बुद्धभुमी नेपाल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी र विन नेपाल लघुवित्त शेयर मूल्य बढेको छ । यता लिबर्टी इनर्जीको शेयरमूल्य भने सवैभन्दा बढी ६.२७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ३५ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर पहिलो स्थानमा छ । अपि पावरको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

Spread the love