नेप्से परिसूचक ५ दशमलव ५१ अंकले वृद्धि

पुष १४,काठमाडौं ।  दुई दिन लगातार तल झरेको शेयर बजार मापक नेप्से परिसुचक बुधबार छिनो अंकले वृद्धि भएको छ ।

बुधबार नेप्से परिसूचक र कारोबार रकम समेत मंगलबारको तुलनामा सामान्य सुधार भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ५१ अंक बढेर २ हजार ५२४ दशमलव ५० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै आज ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ० दशमलव २६ अंक, फ्लोट इण्डेक्स ० दशमलव २३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ० दशमलव ०१ अंक बढेको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबार ३ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको थियो ।

नेप्से परिसूचकका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ । जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक सबै भन्दा धेरै २ दशमलव२१ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक ० दशमलव ९९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ० दशमलव८४ प्रतिशत, होटल तथा प्रशोधनको ० दशमलव ५७ प्रतिशत, लघुवित्तको ० दशमलव२४ प्रतिशत, म्युचुअल फण्डको ० दशमलव१३ प्रतिशत, जलविद्युतको ० दशमलव ०९ प्रतिशत र बैंकिङ्ग उपसमूहको ०दशमलव०४ प्रतिशत बढेको छ । तर, विकास बैंक ० दशमलव ७ प्रतिशत, व्यापार र जीवन बीमाको ० दशमलव५ प्रतिशत घटेको छ।

आज कारोबार रकमका आधारमा सबै भन्दा धेरै हिमालयन डिष्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । दोस्रो नबिल बैंकको ४७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

 

Spread the love