नेप्से १९ दशमलव २० अंकले गिरावट ,४ अर्ब ४२ करोड बराबरको कारोबार

कार्तिक २२,काठमाडौं । शेयर बजार परिसुचक नेप्से १९ दशमलव २० अंकले घटेर २ हजार ५५६ दशमलव ९६ विन्दुमा  पुगेर बन्द भएको छ ।  त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ७१ अंकले घटेर ५५८ दशमलव ३७ विन्दुमा  पुगेर बन्द भएको छ ।

बैंकिङ  क्षेत्रको परिसूचक १ दशमलव शून्य ५  प्रतिशत, विकास बैंक क्षेत्रको परिसूचक १ दशमलव २४ प्रतिशत, व्यापार क्षेत्रको परिसूचक शून्य दशमलव ४६  प्रतिशत,होटल एण्ड टुरिजम क्षेत्रको परिसूचक शून्य दशमलव ८६ प्रतिशत,हाइड्रोपावर समूहको क्षेत्रको परिसूचक शून्य दशमलव ४१ प्रतिशत,निर्जीवन बीमा क्षेत्रको परिसूचक  १ दशमलव शून्य ५ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको परिसूचक शून्य दशमलव ४४ प्रतिशत ,जीवन बीमा क्षेत्रको परिसूचकशून्य दशमलव ६३ प्रतिशत र अन्य समूहको १ दशमलव १६ प्रतिशत घटेको छ ।

सोमबार वित्त  क्षेत्रको परिसूचक ,म्युचुअल फण्ड क्षेत्रको परिसूचक र  लगानी क्षेत्रको परिसूचकमा वृद्धि  भएको छ । वित्त क्षेत्रको परिसूचक शून्य दशलमव ७८ प्रतिशत, म्युचुअल फण्ड क्षेत्रको परिसूचक शून्य दशमलव ५१ प्रतिशत र लगानी क्षेत्रको परिसूचक शून्य दशलमव ६७ प्रतिशत बढेको छ।

यो दिन कारोबारमा आएका २३० ओटा धितोपत्रको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर रू.४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ मा खरीदविक्री भएको छ ।

Spread the love