नेप्से  २६ दशमलव ४४ अंकले वृद्धि,महालक्ष्मी विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री

कार्तिक २९,काठमाडौं । शेयर बजार परिसुचक नेप्से  २६ दशमलव ४४ अंकले वृद्धि भएर २ हजार ७१५ दशमलव ३५ विन्दुमा पुगेको  छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १० अंकले वृद्धि भएर ५०६ दशमलव ५४ विन्दुमा पुगेको छ ।

सोमवार  कारोबारमा आएका २२८ ओटा धितोपत्रको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयरको ५९ हजार ३१६ पटकमा रू. ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ बराबरको शेयर खरीदविक्री भएको छ ।

त्यसैगरी बैंकिङ क्षेत्रको परिसूचक  शून्य दशलमव शून्य ५ प्रतिशत ,विकास बैंक क्षेत्रको परिसूचक  २ दशमलव ६३ प्रतिशत, व्यापार क्षेत्रको परिसूचक १ दशमलव ८३ प्रतिशत, होटल एण्ड टुरिजम क्षेत्रको परिसूचक १ दशमलव ८१ प्रतिशत, हाइड्रोपावर समूह क्षेत्रको परिसूचक १ दशमलव ६७ प्रतिशत, वित्त समूह क्षेत्रको परिसूचक २ दशमलव ३ प्रतिशत, निर्जीवन बीमा समूह क्षेत्रको  परिसूचक १ दशमलव ७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह क्षेत्रको परिसूचक १ दशमलव ७१ प्रतिशत, अन्य समूह क्षेत्रको परिसूचक शून्य दशमलव ९८ प्रतिशत, माइक्रोफाइनान्स समूह क्षेत्रको परिसूचक१ दशमलव २१ प्रतिशत, जीवन बीमा क्षेत्रको परिसूचक शून्य दशमलव ७५ प्रतिशत, म्युचुअल फण्ड समूह क्षेत्रको परिसूचक शून्य दशमलव २१ प्रतिशत र लगानी समूह क्षेत्रको परिसूचक १ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ ।

सोमवार सर्वाधिक शेयर खरीदविक्री  महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको रू. ३५ करोड ४६ लाख ४० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

Spread the love