न्यूरोडका अधिकांस पसहलरु बिहिबारदेखि खुले

काठमाडौंको न्यूरोडमा रहेका अधिकांस पसहलरु आज देखि खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबार देखि पसल खोल्न थालेका हुन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निणर्य अनुसार समाजिक दुरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म पसल सञ्चालन गरिएको बताउनुभयो ।
उहँले पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सुरक्षा सतर्कता अपनाइएको समेत बताउनुभयो । अध्यक्ष कटुवालले सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकोले पसल खुल्ला गर्नुपरेको बताउनुभयो । उहाँले लकडाउनका कारण लामो समय सम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरु समस्यामा परेकाले पसल खोल्न बाध्य भएको बताउनुभयो । त्यस्तै व्यवसायीहरुले ग्राहकको ज्वरो जाच गर्ने तथा स्यानिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् ।
पसल खु्रल्न थालेपछि केही ठाउँमा प्रहरीले बन्द गराउँदै हिडेको जानकारी आएको महासंघका अध्यक्ष कटुवालले बताउनुभयो । उहाले अब जसरी पनि पसल सञ्चालन गरिने बताउनुभयो । बिहीबार न्युरोड, असन, भोटेबहाल लागयतका ठाउँका फेन्सी, ग्रोसरी, इलेक्ट्रोनिक पसलहरु खुलेका छन् ।

Spread the love