न्यूरोडका ५ पसलहरुलाई जरिबाना

असोज २०,काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ ।

पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो । कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५÷२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले बताउनुभयो । निरिक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरुमा भने मुख्य व्यपारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताउनुभयो ।

सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी व्यापारीहरुले ग्राहकहरुलाई नठगुन् र बिक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न प्रत्येक दिन जसो अनुगमन गरिरहेको छ ।

Spread the love