परिसंघमा कृषि विकास परिषद् गठन

असोज १९,काठमाडौं ।  नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ ।

परिसंघका राष्ट्रिय परिषद् सदस्य विकास कुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो । परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने जनाएको छ ।  कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पुर्‍याउन सहजीकरण गर्ने जनाइएको छ ।

पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नत स्तरको बिउ बिजन कृषकहरुलाई उपलब्ध गराउने योजना परिषदको रहेको बताइएको छ ।

Spread the love