पाँच वर्षमा देशवासिले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु ः डा. तोसिमा कार्की

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासिले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताउनुभएको छ । ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले बिहीवार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताउनुभएको हो । उहाँले संसदमा जनमुखि मुद्दाहरु उठाउने बताउनु भयो । उहाँले आफूले मतदाताहरुसमक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको उल्लेख गर्नुभयो । उहाँले मतदाताहरुलाई आफूलाई निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गर्नुभयो ।
उहाँले उहाँले संसदभित्र आफ्नो भुमिका राजनीतिको परिभाषा स्थापित गर्नमा रहने बताउनु भयो । सांसद कस्तो हुनुपर्छ र संसद भवनमा वहस कस्तो हुनुपर्छ भन्ने देखाउन आफ्नो भुमिका रहने उहाँले बताउनु भयो । प्रतिनिधि सभा सदस्य डा. कार्कीले आफू समस्या र समाधान बीचको परिपक्व पुल बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले देशमा सुशासन र सुव्यवस्था स्थापित गर्न लागिपर्ने बताउनु भयो । उहाँले जनताको अवस्था जनताले चाहेजस्तै बनाउने आँट र हिम्मत आफुसँग रहेको बताउनु भयो । उहाँले ललितपुरवासिले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने बताउनु भयो । जनताको विश्वासमाथि घात नगर्ने पनि उहाँको भनाई छ ।

Spread the love