पुँजी बजार देशको अर्थतन्त्रको ऐन बन्न सक्नुपर्छ ः नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐन बन्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐन बन्न सक्नु पर्ने बताउनु भएको हो । उहाँले शेयर बजार पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताउनु भयो । मिश्रले बजारमा ’टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी’ आउनु पर्ने बताउनु भयो । उहाँले पोलिसी मचुरिटीमा राष्ट्र बैंकको पनि भूमिका हुने बताउनु भयो । बजार परिपक्व नभए पुँजी बजार माथि जान नसक्ने धारणा राख्नु भयो ।
त्यस्तै,नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताउनु भयो । उहाँले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्ने विषयमा आफूहरु सबैसँग छलफल गरेर अध्ययन भइरहेको बताउनु भयो । कार्कीले नेपाली पूँजी बजारको विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेकाले आवश्यकता अनुसार नीतिगत सुधारका प्रयास भइरहेको बताउनु भयो । बजारप्रति सर्वसाधारण तथा युवा वर्गको चासो बढ्दै गएकाले नेप्सेलाई प्रविधि मैत्री बनाउने विषयमा नेप्से लागि रहेको बताउनु भयो ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्ने बताउनु भयो । उहाँले श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिन कार्यविधि बनिरहेकाले मन्त्रीपरिषद्बाट पास हुने वितिकै लागू गरिने बताउनु भयो । अध्यक्ष हमालले पछिल्लो समय अत्याधिक रुपमा शेयर बजारमा उतारचढाव आउनु सबै क्षेत्रको लगानी सन्तुलन नहुनु भएको बताउनु भएको छ । बजारमा ठूलो लगानी भएको क्षेत्र समावेश गराउने प्रयास भइरहेको उहाँको भनाई छ ।
अध्यक्ष हमालले एनआरएनलाई पनि ३ महिना भित्रमा नेपाली शेयर बजारको सेकेण्डरी मार्केटमा लगानी गर्न दिने व्यवस्था गर्ने बताउनु भयो । उहाँले नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निणर्य अनुसार शेयर मार्केट शुक्रबार पनि खोल्ने निणर्य गरिएको जानकारी दिनु भयो ।

Spread the love