पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न सक्दैन : अर्थमन्त्री

माघ ६ ,काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताउनु भएको छ ।

बुधबार अर्थमन्त्रालयमा नीजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताउनु भएको हो । उहाँले मन्त्रीपरिषदमा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका कुरा उठ्न लागेकाले बैठकमा बन्दको शब्द नै राख्न नहुने पक्षमा आफू रहेको बताउनु भयो । मन्त्री शर्माले कोरोना महामारी नियन्त्रणको लागि सुरक्षाका विधिहरु कडाईका साथ लागु गरेर भए पनि अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले नीजी क्षेत्र र सरकारको प्राथमिकता लकडाउन अथवा बन्द गर्न नहुने पक्षमा रहेकाले कोरोना रोकथामको विकल्प लकडाउन नभएको बताउनु भयो ।

त्यस्तै अर्थमन्त्री शर्माले अहिले अर्थथन्त्रमा नीतिगत तथा संरचनागत सुधारको आवश्यकता रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको बाधक नीतिगत तथा संरचनागत व्यवस्था रहेको बताउनु भयो । अहिले आफूले नीतिगत परिर्वतन गर्न रोजेको भए पनि बिरोध भइरहेको अर्थमन्त्री शर्माले बताउनु भयो । उहाँले पछिल्लो समय बाहिर हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र समाप्त नै नभएको बताउनु भयो । अहिले नियोजित रुपमा बाहिर अर्थतन्त्र समाप्त भयो भनेर गतल प्रचार गरिएको प्रति मन्त्री शर्माले आपति जनाउनु भयो । उहाँले केही विषयमा चिन्ता गर्नु पर्ने भए पनि आंतक मच्चाए जस्तो अवस्था नरहेको बताउनु भयो ।

अर्थमन्त्री शर्माले सरकारले नीजि क्षेत्रको हित भन्दा बाहिर गएर कुनै पनि काम नगरेको बताउनु भयो । उहाँले जहिल्यै सरकार नीजि क्षेत्रको हितको लागि काम गरिरहेको बताउनु भयो । मन्त्री शर्माले सरकारले नीजि क्षेत्रको उद्योगहरुमा लगानी बढाउनको लागि स्रोत नचाँहिने नीति ल्याए पनि कालो धनलाई प्रोसाहन भएको भन्दै विरोध भएको बताउनु भयो । उहाँले सरकारले कालो धनलाई प्राथमिता दिने उद्देश्यले लगानी गर्दा स्रोत नचाँहिने नीति नबनाएको बताउनु भयो । उहाँले सरकार र नीजी क्षेत्र दुबैले यो विषयमा प्रतिकार गर्नु जरुरी रहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले अहिलेको अर्थतन्त्रको अवस्था यो सरकारको कारण नभएर अघिल्लो ओली सरकारले बनाएको नीतिको कारण भएको बताउनु भयो । उहाँले अघिल्लो सरकारले बनाएको अर्थतन्त्रको नीतिको परिणाम यो सरकारले भोगी रहेको बताउनु भयो ।

मन्त्री शर्माले भन्नुभयो,‘आजको अर्थतन्त्र आज देखिने होइन ।आज सरकारले गरेका काम भोली देखिने हो । हामीले हिजो भएका काम आज देखिदै छ । हामीले हिजोको सरकारले गरेका कामको परिणाम भोगि रहेका छौं । सरकारले आजको आजै अर्थतन्त्र उलटपुलट गर्न सकिदैन । साना साना काम गर्न सकिएला तर हिजो देखि बनाएका नीतीहरुले पारेको प्रभावको हामीले जिम्मेवारी लिएर समाधान गर्न कुरामा पतिवद्ध रहेको छ । अझै बैंकिङ क्षेत्रसँग गहन छलफल गर्नु पर्ने देखिएको छ ।’

अर्थमन्त्री शर्माले अहिले सरकारले तत्काल गर्न नीतिगत व्यवस्थाको विषयमा काम गरिरहेको बताउनु भयो । उहाँले सरकारले नीजि क्षेत्रका सबै व्यवसायीहरुसँग छलफल गरेर आगामी दिनमा अगाडि बढ्ने बताउनु भयो । अहिले सरकारले विप्रेशण (रेमिटेन्स) सञ्चयकोष बनाउने गरी कार्यविधि बनाउँदै गरेको बताउनु भयो ।

 

Spread the love