पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानवीन गर्न गठित संसदीय छानवीन विशेष समितिको कार्यावधि थप

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानवीन गर्न गठित संसदीय छानवीन विशेष समितिको कार्यावधि थप गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सो समितिको कार्यावधि ७ दिन थप गर्न सहमती दिएको हो । समितिबाट आएको म्याद थपबारे बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सहमती दिन प्रस्ताव गर्नु भएको थियो । त्यसलाई बैठकले स्विकार गरेको हो ।
आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानवीनको माग गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनु भएको थियो । त्यसलगत्तै गत असार २२ गते बुधबार छानवीन गर्न ११ सदस्यीय सो समिति गठन गरिएको थियो ।

Spread the love