पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक समृद्धीको ढोका खोल्योः उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारणको ढोका खोलेको बताउनुभएको छ । आईतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पश्चात न्युज एजेन्सी नेपालसँग पोखरामा कुराकानी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताउनुभएको हो । उहाँल विमानस्थलमा व्यवसायिक उडान शुरु भएपनि विमानस्थलसँग जोडिएका अन्य पूर्वाधारहरु बनाउन बाँकी रहेको बताउनु भयो । उहाँले धेरै दुःख गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सफल भएकाले व्यवसायिक उडान सञ्चालनमा आउँदा खुशी भएको पनि बताउनु भयो । उहाँले नेपालको नागरिक उड्डयन क्षेत्रमा सबैभन्दा ठूलो नीतिगत निणर्य २०६४ सालमा आफू पर्यटनमन्त्री भएको बेला भएको दाबी गर्नुभयो । उहाँले पर्यटनमन्त्री भएको बेला पोखरा अन्तर्राष्ट्रिय र भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नीतिगत निणर्य गरेको उल्लेख गर्नुभयो ।
पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि जग्गा विवाद मिलाउने काममा समेत आफ्नो महत्वपूणर् भुमिका रहेको बताउनु भयो । उहाँले पाँच वर्ष अगाडि गण्डकी प्रदेश बन्दा गण्डकी प्रदेश सरकारको मुख्य आधार पर्यटनलाई मानेकाले त्यसको आधार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको बताउनु भयो । उहाँले अब पोखरा नजिकका मनाङ,मुस्ताङ,ढोरपाटन लगायतका स्थानहरुमा विमानस्थलहरु नियमित रुपमा चलाउनुपर्ने आवश्यता रहेको बताउनु भयो । उहाँले पोखरा घुम्न आउने पर्यटकहरुलाई धौलागिरी,मनास्लु र अन्नपूणर् क्षेत्रमा समेत जानसक्ने अवस्था बनायो भने पर्यटनको माध्यमबाट पोखराको मात्रै नभएर समग्र गण्डकी क्षेत्रको विकास हुनसक्ने बताउनु भयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता एक वर्षकौ १० लाख रहेको भन्दै पाँच वर्षभित्र आफ्नो प्रदेशको २५ लाख जनसख्या बराबरको पर्यटक पुर्‍याउने अभियानको लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले महत्वपूणर् भुमिका खेल्ने बताउनु भयो ।
उपमहासचिव गुरुङले अब बाँकी रहेको अन्य विमानस्थलहरु पनि सञ्चालन गरेर अन्य पूर्वाधार बनाएर भारतीय, चिनियाँ र युरोपका पर्यटकहरु धेरै ल्याउनसके पर्यटकको माध्यमबाट गण्डकीको समृद्धि सम्भव रहेको बताउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भएको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो विमानस्थलबाट यति,बुद्ध, सूर्य,श्रीएयरलाइन्स,हिमालयन,समिट र गुण लगायतका एयरलाइन्सले आईतवारदेखि नै उडान गरेका छन् । यो विमानस्थल २४ सै घण्टा सञ्चालन गर्नसकिने हिसावले निर्माण भएको हो । विमानस्थल सञ्चालनमा आएपछि पोखरामा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । चर्चा भएको ४७ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तयार भएकाले पोखरेली जनताको महत्वाकांक्षी योजना पूरा भएको छ ।

Spread the love