प्रभावकारी बन्दै विपद् जोखिम न्युनिकरणसम्बन्धी सचेतनामुलक कार्यक्रम

नेपालका विभिन्न क्षेत्रमा विपद् जोखिम न्युनिकरणसम्बन्धी सचेतनामुलक कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ । गाउँगाउँमा पुगेर प्राकृतिक विपद्जन्य घटना हुन नदिन र भइसकेपछि अधिक क्षति हुनबाट रोक्ने अभियानले सफलता हात पार्दै गएको हो । युरोपियन युनियन र रेडक्रसको सहयोगमा आयोजना भइरहेको विपद्जन्य घटनाहरुको न्युनिकरण र रोकथामका लागि घरमै पुगेर विशेषज्ञहरुले जानकारी गराउने अभियानले धेरै हदसम्म जोखिम कम गरेको स्थानीयहरुको भनाइ छ । विपद्ग्रस्त क्षेत्रका स्थानीयहरुलाई विपद्का घटनाहरुको जानकारी र सावधानीका उपायहरुबारे परामर्श दिइने सुपर परियोजनाका कार्यक्रहरुले आम नागरिकलाई विपद्जन्य घटनाका कारण हुने क्षति कम गर्न सहयोग पुगेको धनगढी उपमहानगरपालिकाकी स्थानीय पूजा भट्ट । तालिमले विपद् आउनुपूर्वको तयारी र आइसकेपछि कसरी त्यसलाई धेरै क्षति हुनबाट रोक्नेकुरा सिकाएको बताउनु भयो । त्यस्तै धनगढी उपमहानगरपालिकाका दमकल चालक मिनबहादुर खड्का विपद् आउँदा कसरी क्षति न्युनिकरण गर्ने भन्नेबारेमा धेरै जनचेतना पाएको बताउनु हुन्छ । उहाँले विपद्लाई कम गर्नका लागि आवश्यक परेको खण्डमा विकल्प राखेर अघि बढ्नुपर्ने आवश्यक्ताको खाँचो रहने कुरा तालिमबाट सिकेको बताउनु भयो ।
त्यस्तै धनगढी उपमहानगरपालिकाका अर्का स्थानीय सुरेश साउत विपद्का घटनामा आफ्नो सुरक्षासहित कसरी अन्य व्यक्तिको सुरक्षा गर्ने भन्नेकुरा तालिमबाट राम्रोसँग सिकेको बताउनु हुन्छ । त्यस्तै व्यवसायी एवं स्थानीय सञ्जयकुमार पन्तले विपद्सम्बन्धी तालिमले धेरै कुरा सिकाएको बताउनु भयो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बाढी र आगलागीको प्रमुख जोखिमपूणर् स्थान सुदूरपश्चिम भएकाले पनि सरकारले प्राथमिकता दिने गरेको बताउनु भयो । उहाँले भौगोलिक र प्राकृतिक दृष्टिबाट पनि धेरै असुरक्षित स्थान भएकाले सुदूरपश्चिमलाई सरकारले विशेष प्राथमिकता दिएर विपद्का घटनाहरुको रोकथाममा सहयोग गरिरहेको बताउनु भयो । उहाँले क्षति न्युनिकरणका लागि जनतालाई चेतना फैलाउने कार्यक्रमहरु अघि सार्नुपर्ने बताउनु भयो ।
धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमालले धनगढीमा विपद् नआउँदासमेत विपद्जस्तो परिस्थितिको सामना गर्नु परिरहेको बताउनु भयो । उहाँले धनगढीमा डुबानको समस्या धेरै हुने गरेको बताउनु भयो । खोला, नदीको बहावलाई अवरुद्ध र अतिक्रमण गर्ने कार्यले गर्दा सामान्य वर्षामा पनि विपद्काके सामना गर्नुपरेको बताउनु भयो ।
त्यस्तै विपद्सम्बन्धी विज्ञ.डा. सिर्जन मल्लले युरोपियन युनियनको परियोजनाअन्तर्गत अहिलेसम्म धनगढीको अमरगढी नगरपालिका, बझाङको जयपृथ्वी नगरपालिका, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा विपद् सम्बन्धी तालिम अभ्यास गराइसकेको बताउनु भयो । उहाँले विज्ञहरुले नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प जानसक्ने आँकलन गरिरहेकाले त्यसको पूर्व तयारीस्वरुप कार्यक्रमलाई अघि बढाएको पनि जानकारी दिनुभयो ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको सुपर प्रोजेक्ट कार्यक्रममा कार्यरत प्रदेश प्राविधिक अधिकारी प्रगति भट्टराईले सुपर प्रोजेक्टले सुदूरपश्चिम प्रदेशमा स्थानीयस्तरदेखि प्रदेश सरकारसँग मिलेर विभिन्न विपद् न्युनिकरणका कार्यक्रम गरिरहेको बताउनु भयो । उहाँले शहरी विपद् र भूकम्प प्रतिकार्यमा तीनै तहका सरकारसँग समन्वय गरेर काम गरिरहेको बताउनु भयो ।
प्रदेश प्राविधिक अधिकारी भट्टराईले विपद् जोखिम न्युनिकरणका लागि प्रदेश र स्थानीय सरकारले पनि पछिल्लो समय ध्यान दिने गरेको र प्रदेश सरकारबाट बोलाइएका बैठकमा उपस्थित जनाउने गरेको बताउनु भयो ।

Spread the love