प्रविधमैत्री शिक्षाको विकास गर्नुर्नेमा शिक्षाविद्हरुको जोड

सरस्वती बुहमुखी क्याम्पसले आज आफ्नो ६३ औं वार्षिकोत्सव मनाएको छ । आईतवार क्याम्पसले आफ्नो ६३ वसन्त पार गरी ६४ औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै सरस्वती बुहमुखी क्याम्पस संस्थापक क्याम्पस प्रमुख शंकरराज पाठकले प्राध्यापकहरुलाई नयाँ प्रविधि र शिक्षासम्बन्धी तालिम दिन आवश्यक रहेको बताउनु भयो । उहाँले शिक्षकहरुलाई दिएको तालिमले विद्यार्थीहरुलाई अध्यापनका लागि सहज र सरल हुने बताउनु भयो । उहाँले नयाँ प्रविधिका शैक्षिक प्रणालीहरु भित्रिरहेको बेलामा प्रविधिमैत्री शिक्षा प्रणालीको विकास हुनुपर्ने बताउनु भयो । उहाँले क्याम्पस स्थापनाका बेलामा झेल्नुपरेका समस्याहरुलाई क्याम्पसको अहिलेको नतिजाले सन्तोष बनाएको बताउनु भयो । उहाँले सरस्वती क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयमा उत्कृष्ट अंक प्राप्त गरेको देख्दा खुशी लागेको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई खेलुकदमा पनि अब्बल बनाउन क्याम्पसले आवश्यक कदम थालेको बताउनु भयो । संस्थापक क्याम्पस प्रमुख पाठकले कलेजमा इन्जिनियरिङको विषय पनि अध्ययन गर्न पहल थाल्नुपर्ने बताउनु भयो । उहाँले दुई लाखबाट स्थापना गरिएको विद्यालयले अहिले आइपुग्दा विद्यार्थीहरुको अमूल्य भविष्य निर्माण गर्न सकेकोप्रति खुशी प्रकट गर्नुभयो ।
उहाँले विद्यार्थीहरुले एकअर्काप्रति प्रतिष्पर्धा गर्नुभन्दा आफ्नो कमीकमजोरीलाई हेरेर उन्नती गर्न सुझाव दिनुभयो । वि.सं. २०१६ सालमा स्थापना भएको क्याम्पसले यस वर्षदेखि पत्रकारिता विषय पनि अध्यापन गराउँदैछ ।

Spread the love