प्राथमिकताको आधारमा क्रमशः आम नागरिकलाई खोप उपलब्ध गराउछौ ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूणर् नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताउनुभएको छ । बुधबार कोभिड-१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूणर् नेपालीलाई तीन महिनाभित्र कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताउनुभएको हो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप बुधबारदेखि देशभर लगाउन शुरु गरिएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मी लगायतलाई लगाउन शुरु गरिएको हो । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीले कोभिड-१९ विरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्नु नहुने पनि बताउनुभयो । उहाँले कुनैपनि गरिब देश अथवा गरिब मानिस खोपबाट बञ्चित हुनुनहुने र सबैको पहुँचमा हुनुपर्ने बताउनुभयो । सरकारले अनुदानमा अथवा किनेर ल्याएको खोपलाई नेपाली नागरिकले निशुल्क रुपमा पाउने उहाँको भनाई छ । प्राथमिकताको आधारमा क्रमशः आम नागरिकलाई खोप उपलब्ध गराउने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको खोपको निम्ति अन्य मित्रराष्ट्र र संघसंस्थासँग पनि कुराकानी भइरहेको जानकारी दिनुभयो । भारत सरकारसँग थप खोप उचित मुल्यमा किन्ने कुरा पनि भइरहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले खोप प्रारम्भ भएपनि कोभिड-१९सम्पूणर् रुपमा नियन्त्रण नभएसम्म मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, सरसफाइ र खानपानमा ध्यान दिन आग्रह पनि गर्नुभएको छ ।

Spread the love