फक्ताङलुङ गाउँपालिका ताप्लेजुङ्गमा सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

 

सन्राइज बैंकले ताप्लेजुङ्गको फक्ताङलुङ गाउँपालिका लेलेपमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा श्रीमती फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको सन्राइज बैंकले बताएको हो । सो शाखारहित बैंकिङ्ग सेवाको उद घाट्न कार्यक्रम फक्ताङलुङ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री छोवाङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्य, लेलेप गा.वि.स.का पुर्व गा.वि.स. अध्यक्ष ,निर्माण व्यवसायी तथा समाजसेवी ,स्थानिय व्यवसायी तथा समाजसेवी, सन्राइज बैंक फुङलिङ शाखाका शाखा प्रबन्धक र शाखाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिन बैंकले जनाएको छ। त्यसैगरी ग्राहकहरुले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको हो ।

Spread the love