फोनपे नेटवर्कमा पौष महिनामा मात्रै भयो ५१ अर्ब बढिको कारोबार

माघ ४,काठमाडौं ।  फोन पे सर्भिसको नेटवर्क मार्फत पौष मसान्त महिनामा मात्र ५१ अर्ब बढिको कारोबार भएको छ ।

पछिल्लो समय विद्युतीय कारोबार तिब्र रूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो । पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढिको कारोबार भएको जनाइएको छ । फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका कार्यबाट यो रकम कारोबार भएको फोन पेले जनाएको छ ।

Spread the love