बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन हुँदैनः अर्थमन्त्री पौडेल

उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताउनुभएको छ । अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताउनुभएको हो । उहाँले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताउनु भयो । उहाँले खर्च कटौतीसम्बन्धी अर्थमन्त्रालयले महत्वपूणर् निणर्य गरेको भएपनि अर्थतन्त्रको सुधारको लागि त्यतिमात्रैले नपुग्ने बताउनु भयो । मन्त्री पौडेलले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको पनि बताउनु भयो । उहाँले अर्च कटौतिको निणर्यलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिवद्ध रहेको पनि बताउनु भयो । मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको स्पष्ट पार्नुभयो । आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै उहाँले अहिलेका नयाँ समस्याहरुको चाङलाई बिस्तारै कम गर्दै लैजाने बताउनु भयो ।
अर्थतन्त्रको सुधारका लागि अझै प्रभावकारी कार्यक्रमहरू गर्ने अर्थमन्त्रीले बताउनु भयो । उहाँले ब्याजदरका विषयमा आपसमा बसेर छलफल गर्नुपर्ने बताउनु भयो ।

Spread the love