बजेट बनाउँदा इमान्दारित भन्दा बाहिर गएको छैनः अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताउनुभएको छ । मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै यस्तो बताउनुभएको छ । उहाँले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनैपनि प्रभावबाट मुक्त भएर पारदर्शी ढंगबाट काम गरेको दाबी गर्नुभयो । उहाँले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताउनु भयो । अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको बताउनु भयो । श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताउनु भयो । उहाँले मेरो इमान्दारितामा एक इन्च रौँ नहल्लेको स्पष्ट पार्नुभयो । उहाँले इमान्दारिता कायम राखेकाले स्वास्थर् समूहहरु निजी स्वाथर् भएकाहरु पछि लागेको बताउनु भयो । उहाँले अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न पर्‍यो भन्ने भाष्य बनाएर नियोजित रुपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जिम्मेवारीमा बसेकाहरु सबै असत्य,झुटा र असत्य काम गर्न बसेको भन्नेकुरा हुन नसक्ने बताउनु भयो । उहाँले कसैले लेखिदियो त्यो चाहीँ सत्यमाथि सत्य भयो भन्ने तर्क गर्नुभयो । उहाँले जिम्मेवारी लिएर कसम खाएर संसदको रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गर्नुभयो ।
त्यस्तै,अर्थमन्त्री डा.महतले करको दर हेरफेरबारे आफूहरुले नै निणर्य गरेको बताउनु भयो। उहाँले निणर्य भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गर्नुभयो । उहाँले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निणर्य गरेको दाबी गर्नुभयो । उहाँले निणर्य गरिसकेपछि निणर्य प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताउनु भयो।

Spread the love