बतास प्रकरणले व्यवसायीहरु आतंकित छन्ः नेपाल उद्योग वाणिज्य संघ

माघ ६ ,काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया संचालन सम्बन्धि विवादको बिषयमा अभिव्यक्ति दिएको छ ।

संघले प्रेसविज्ञप्ति सार्वजनिक गर्दै बतास अर्गनाईजेसन् माथि नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया  संचालन सम्बन्धि विवादमा व्यवसायी माथि एकतर्फी प्रहार गर्दै शंकाको चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र सशंकित र आतंकित बनेको बताएको हो ।

राज्य र जनताप्रति जिम्मेवार र  संवेदनशील  रहेको व्यवसायीलाई राज्यले एकतर्फी दोष देखाएर स्पष्टिकरण  मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरण माथि अंकुश लगाएको महसुश संघले गरेको सघंले जनाएको छ । एउटा स्वतन्त्र व्यवसायमाथि नियोजित तरिकाले प्रक्रिया र कानुन विपरित भएको गतिविधि माथि राज्यले यथासिघ्र  छानविन गरि सत्य तथ्य पत्ता लगाई दोषी माथि कारवाही र पीडित व्यवसायीलाई क्षतिपुर्तिको व्यवस्था गरिदिनका लागी संघले विज्ञप्ति मार्फत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका हो ।

यो विवादको समाधान खोज्न आनाकानी र ढिला सुस्ती गर्दै व्यवसायी माथि एक तर्फी रुपमा नियोजित तरिकाले थप प्रहार गर्ने कार्यले निरन्तरता पाउदै गरेमा  सम्पूर्ण निजी क्षेत्रलाई एकाबद्ध बनाई यस्तो प्रवृधिको विरोधमा चरणबद्ध कार्यक्रमहरु घोषणा गर्ने  सम्पूर्ण सम्बन्धित निकायलाई संघले ध्यानाकर्षण गराएको छ ।

 

Spread the love