बन्देजको नीतिबाट शैक्षिक समस्या समाधान हुन सक्दैनः अध्यक्ष पाण्डे

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सर्जना गर्नसक्नुपर्ने बताउनुभएको छ । आईतवार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको राज्यको नेतृत्व समयानुकुल परिवर्तन नहुँदा पुरानै मानसिकतामा शिक्षा ऐनहरु बन्ने गरेको बताउनु भयो । उहाँले नेपाली विद्यार्थीको आवश्यक्ताअनुसारको शिक्षा नीति बनाउन नसक्दा विद्यार्थीहरु विदेश जाने क्रम बढेको बताउनु भयो । उहाँले एनओसी बन्द गरेर मात्रै समस्या समाधान हुन नसक्ने बतउनु भयो । उहाँले बन्देजको नीतिबाट मात्रै देशको सम्पूणर् समस्या समाधान हुने हो भने राहदानी दिन बन्द गर्नुपर्ने बताउनु भयो । अध्यक्ष पाण्डेले नेपालको शिक्षामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सिर्जना गर्नुपर्ने बताउनु भयो ।

Spread the love