बिहिबार थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

माघ ६ ,काठमाडौं ।   बिहिबार थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा  ४  जनाको मृत्यु भएको र६४९ जना कोरोना भाइरस संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना रहेका छन् । काठमाडौं उपत्यकामा मात्र एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Spread the love