बिहिबार सुनको मुल्य ३ हजार ५ सयले गिरावट

फागुन २६,काठमाडौं । बिहिबार सुनको मुल्यमा ३ हजार ५ सयले गिरावट आएको छ ।

बुधबार प्रतितोला १ लाख ५ हजार ५ सयमा कारोवार भएको सुनको मुल्य बिहिबार प्रतितोला १ लाख २ हजारमा कारोवार भइरहेको छ । बिहिबार तेजावी सुनको मुल्य प्रतितोला १ लाख १ हजार ५ सयमा कारोवार भइरहेको छ ।

बिहिबार  चाँदीको मुल्यमा ४५ रुपैँयाले गिरावट आएको छ । बुधबार प्रतितोला १ हजार ४ सय ५० रुपैँयामा कारोवार भएको  चाँदीको मुल्य बिहिबार प्रतितोला १ हजार ४ सय ५ रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love