बिहिबार सुनको मूल्यमा गिरावट, तोलाको ५०० रुपौले घट्यो

बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बिहीबार पनि तोलामा ५ सय रुपैयँले घटेर छापावाला सुन प्रतितोला ८९ हजार ३ सय रुपैया निर्धारण भएको र तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयामा खरिदबिक्री भइरहेको नेपाल सुन चादी व्यवसायी महासंघले जनाएको छ । चादीको मूल्य भने बुधबारको तुलनामा तोलामा १० रुपैयाले बढ्दै प्रतितोला १ हजार ३ सय ५५ रुपैया पुगेको छ । बिहीबार अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ घटेको छ ।

Spread the love