बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढ्यो

सुनको मूल्य बिहीबार ५ सय रुपैयाले बढेको छ । छापावाल सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाले बढेर प्रतितोला ९६ हजार ३ सय रुपैया निर्धारण भएको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा एक हजार रुपैयाले घटेर प्रतितोला ९५ हजार ८ सय रुपैयामा कारोबार भएको थियो।
चादीको मूल्य पनि तोलामा ५ रुपैयाले बढेको छ। चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २सय ५० रुपैयामा कारोबार भएको थियो।

Spread the love