बिहीबार सुनचादीको मूल्यमा सामान्य गिरावट

बिहीबार सुनचादीको मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा झरेको छ ।
बिहीबार चाँदीको भाउ पनि ५ रुपैयाले घटेको छ । चाँदी प्रतितोला पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला १ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Spread the love