बि.ओ.के क्यापिटल मार्केट को छैटौ वार्षिक साधारण सभा सम्पन्न

असोज २१,काठमाडौं ।  बि.ओ.के क्यापिटल मार्केटको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुधबार अध्यक्ष महेश मिश्रको अध्यक्षतामा  साधारण सभा सम्पन्न भएको हो ।  साधारण सभाले आ.ब. २०७७/७८ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७७/७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी रु. २१ करोडको १८ प्रतिशतका दरले हुने रकम रु. ३ करोड ७८ लाख नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ ।

साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौँ महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो ।

Spread the love