बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूणर्रुपमा लागू गर्ने

रकारले बुधबार (भोली)देखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूणर्रुपमा लागू गर्ने भएको छ । सरकारले विदेशबाट बस्तु आयात गर्दा भन्सारमा हुने सबै झनझट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुमा अनलाइन प्रणाली पूणर्रुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताउनु भयो । उहाँले ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनु भयो । महानिर्देशक सापकोटाले भन्सार विभागले भन्सार नाकामा व्यापारलाई सहजिकरण गर्ने काम गरिरहेकाले यसलाई थप व्यवस्थित बनाउनको लागि पूणर्रुपमा अनलाइन प्रणाली लागू गर्न लागेको बताउनु भयो ।
भन्सारमा एकद्वार प्रणाली लागू भएसँगै भन्सारमा व्यवसायीहरुले भोग्दै आएका झनझट मुक्त हुने उहाँको भनाई छ । भन्सार विभागले व्यापारलाई सहजिकरण मात्रै नभएर निर्यातलाई प्रर्वद्धन समेत गर्दै आएको भन्दै उहाँले नीजि क्षेत्रको माग अनुसार निर्यात प्रर्वद्धन गर्नको लागि नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइनको व्यवस्था आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसायीले भने जस्तो भन्सारमा आयात भएको बस्तुको मूल्याङ्कन हचुवाको भरमा नभएको बताउनु भयो । भन्सारले राजश्व उठाउने मात्रै नभएर भन्सार सहजिकरणलाई व्यवस्थित गर्ने काम गर्ने बताउनु भयो ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोषे ढुङगा सावित हुने बताउनु भयो । उहाँले सरकारले भन्सारमा व्यवसायीहरुले भोग्दै आएको विभिन्न झमेला कम गर्नकै लागि भन्सारमा एकद्वार प्रणाली लागू गरिएको बताउनु भयो । सरकार भन्सारमा व्यापारलाई सहजिकरण गर्ने काममा कुनै कमि नगर्ने पक्षमा रहेको मरासीनीले बताउनु भयो । सचिव मरासीनीले अहिले बाहिर मिडियामा आए जस्तो मुलुकको अर्थतन्त्र संकटमा नभएको बताउनु भयो । उहाँले राष्ट्र बंैकमार्फत् एलसीमा सतप्रतिशत मार्जिनको व्यवस्था गर्नु सरकारको रहर नभएर बाध्यता भएको बताउनु भयो । अर्थमन्त्रालय र राष्ट्र बैंक नियमन तथा नियन्त्रण गर्ने निकाय भएको भन्दै उहाँले अहिले एलसीमा सतप्रतिशत मार्जिनको व्यवस्था गर्नु नियमन मात्रै भएको बताउनु भयो । मरासीनीले व्यापारलाई संधै स्वतन्त्र रुपमा पनि छाड्न नहुने बताउनु भयो ।
यता, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सारलाई डिजिटल कारोबारको साथै व्यापार सहजिकरण गर्नु पर्ने बताउनु भयो । उहाँले भन्सारमा आयातलाई नियन्त्रण नभएर व्यवस्थित गर्नु पर्ने बताउनु भयो । सरकारले नीजि क्षेत्रको सहकार्यमा अब निर्यातलाई पर्वद्धन गरेर मुलुकलाई आत्मनिर्भर र उद्यमशिल बनाउने गरी काम गर्नु उहाँको भनाई छ । अध्यक्ष मल्लले सरकारले अझै पनि राजश्वको दायरा बढाउन नसकेको आरोप लगाउनु भयो । उहाँले अहिले पनि अर्बौ कारोबार गर्ने घरजग्गा कारोबारलाई नागरिकता र प्यान नम्बरको आधारमा कारोबार गर्न दिएर करको दायरामा ल्याउन नसकेको बताउनु भयो । अध्यक्ष मल्लले अब भन्सार नाकामा नेपाली बस्तुको निर्यात प्रर्वद्धन गर्नको लागि अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन खडा गर्नु पर्ने माग राख्नु भयो ।

Spread the love