बुधवार सुनको मुल्यमा ४ सयले गिरावट,चाँदीको मुल्य स्थिर

असोज २०,काठमाडौं । बुधवार सुनको मुल्यमा ४ सयले गिरावट आएको छ । मंगलवार प्रतितोला ९० हजार ३ सयमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ८९ हजार ९ सयमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । मंगलवार प्रतितोला १ हजार १ सय ६०  रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधवार पनि प्रतितोला १ हजार १ सय ६० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love