बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुको लागी २०% सम्म छुट योजना सार्वजनिक

असोज १२,काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुको लागी २०% सम्म छुट योजना सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% सम्मको छुटको सुबिधा उपयोग गर्न सक्ने  बैकले जनाएको छ ।

बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्नुभएमा २०% वा अधिकतम रु.२,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्नुभएमा २०% वा अधिकतम रु.२,५०० सम्म छुटको व्यवस्था रहेको बैकले जनाएको छ ।

Spread the love