बैंक अफ काठमाण्डू  र एपोलो पोलि क्लिनिक बिच सम्झौता

कार्तिक २५,काठमाडौं ।  बैंक अफ काठमाण्डू  र एपोलो पोलि क्लिनिक बिच सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २०% सम्म छुट उपलब्ध गराउन सम्झौता भएको हो । यस सम्झौता पश्चात् ग्राहकहरुले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २०%, डाईग्नोष्टिक सेवाहरुमा १५% देखि २०% सम्म तथा फार्मेसी सेवामा १०% छुट पाउने बैकले जनाएको छ । उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्ने जनाइएको छ ।

Spread the love