बैंक अफ काठमाण्डू लिमिटेडको कार्डबाट इकमर्श कारोबारमा क्यासव्याक योजना

बैंकले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूणर् इकमर्श कारोबारमा नगदफिर्ता योजना ल्याएको छ । बैंकको कार्डबाहक ग्राहकहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्नुभएमा ग्राहक हरुले कारोबार गर्नु भएको रकमको १०% वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता पाउनुहुनेछ । यस नगदफिर्ता योजना यहि २०७९ साल भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ । यस नगदफिर्ता योजना अन्र्तगत बैंकको कार्डबाहक ग्राहकहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम रु. १०,००० वा सो भन्दा बढि रकम हुनपर्नेछ । यदि कोहि महानुभावहरुको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहक ग्राहकहरुले बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नुहुनेछ अथवा आफुलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निशुल्क दर्ता गर्न सक्नुहुनेछ ।
बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले विभिन्न ईकमर्स प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफुलाई मनपर्ने सामानहरु खरिद गरी बैैकको कार्डबाट विद्मुतीय माध्यमबाट भुक्तानी गरीरहनुभएको छ । पछिल्लो समय कार्डबाट हुने विद्मुतिय भुक्तानी कारोबारमा यस बैंकको ग्राहक महानुभावहरुको रुची वृद्धि भईरहेको छ । यस्तै रुचीहरुको निरन्तरता तथा रुची वृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहक ग्राहकहरुको फाईदाको लागि नगदफिर्ता तथा छुट योजनाहरु ल्याइरहेको छ ।
यस नगदफिर्ता योजनाले ग्राहकहरुलाई धेरै फाईदा हुने भएकोले यस योजनामा ग्राहकहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ । साथै, यो नगदफिर्ता योजना सिमित अवधिको लागि भएको हुनाले यस नगदफिर्ता योजनामा चाडै सहभागि भई कार्डबाहक ग्राहकहरुलाई फाईदा लिन बैंक आव्हान गर्दछ ।

Spread the love