भारतीय सेनाध्यक्ष नरवणे काठमाठौंमा

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुग्नुभएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे बुधबार नेपाल आइपुग्नु भएको हो । नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि काठमाडौं आइपुग्नु भएको हो । नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ । बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नेपाली सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदबी प्रदान गर्नु हुनेछ । मानार्थ महारथीको पदवी ग्रहण गरेपछि नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत नरवणेले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम समेत रहेको छ । नरवणे कात्तिक २१ गतेसम्म नेपाल रहनुहुनेछ ।

Spread the love