भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ । बिहीवार नेपालको इतिहासमा पहिलोपटक काठमाडौंबाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण भएको हो । काठमाडौंपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमान अवतरण भएसँगै यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डेमोस्टे्रसन फ्लाइट नाम दिइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको वाइडबडीको पहिलो उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित २६० जना लिएर नेवानिको वाइडबडी जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो । यो उडानको सफल अवतरणसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विमानस्थल योग्य भएको प्रमाणित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Spread the love