मंगलबार सुनको मुल्यमा ३ सयले गिरावट

असोज १२,काठमाडौं । मंगलबार  सुनको मुल्यमा ३ सयले गिरावट आएको छ । सोमवार प्रतितोला ८९ हजार ३ सयमा कारोवार भएको सुनको मुल्य मंगलबार  प्रतितोला ८९ हजारमा कारोवार भइरहेको छ । मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोवार भइरहेको छ ।

मंगलबार चाँदीको मुल्यमा ५ रुपैँयाले गिरावट आएको छ । सोमवार प्रतितोला १ हजार १ सय ६० रुपैयामा कारोवार भएको चाँदीको मुल्य मंगलबार  प्रतितोला १ हजार १ सय ५५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love