मंगलवार नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ बिन्दुमा

साताको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३२ अंकले वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंकले बढेको छ ।
मंगलवार कारोबारमा आएका २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार कित्ता शेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । गत बिहीवार करिव साढे ५ अर्बको कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये मंगलवार बैंकिङ उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.१२ प्रतिशत,जलविद्युत उपसमूहको परिसूचक ५.०४ प्रतिशत, वित्त उपसमूहको परिसूचक यस दिन साढे ३ प्रतिशतभन्दा बढी बढेको छ । तर यता बैंक उपसमूहको परिसूचक भने ०.३२ प्रतिशत घटेको छ ।
मंगलवार नेप्सेपरिसूचकमा वृद्धि भएसँगै ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा ग्रीन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज अपि पावर कम्पनीको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

Spread the love