मंगलवार शेयर बजार परिसुचक नेप्से  ४१ दशमलव ८४ अंकले वृद्धि

असोज १९,काठमाडौं । शेयर बजार परिसुचक नेप्से  ४१ दशमलव ८४ अंकले  बढेर २ हजार ६१शुन्यदशमलव ६५ विन्दुमा पुगेको छ ।  त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स  ७ दशमलव  शुन्य ४ अंकले  बढेर ४९२ दशमलव शुन्य २ विन्दुमा पुगेको छ ।

मंगलवार २२३ ओटा कम्पनिको ५८ लाख ४२ हजार १३५ कित्ता शेयरको ४१ हजार ५१ पटकमा रू. २ अर्ब ९९ करोड ६८ लाख १९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

बैंकिङ क्षेत्रको परिसुचक १ दशमलव शून्य २ प्रतिशत, विकास बैंक समूह क्षेत्रको परिसुचक ३ दशमलव १२ प्रतिशत,वित्त क्षेत्रको परिसुचक ४ दशमलव १६ प्रतिशत, होटल एण्ड टुरिजम क्षेत्रको परिसुचक १ दशमलव २२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह क्षेत्रको परिसुचक १ दशमलव ७५ प्रतिशत र अन्य समूह क्षेत्रको परिसुचक शून्य दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ ।

मंगलवार सबै भन्दा बढी कारोवार शिखर इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको शेयरको खरिद विक्री रू. १३ करोड ६६ लाख ५० हजार बराबरको भएको छ ।

Spread the love